पुन:तीन चिनीयाँ जहाज जापानी भुमिमा प्रवेश

जापान । आईतबार विहान सेन्काकु टापु हुदै पुन तिन चिनियाँ जहाज जापानी भुमिमा प्रवेश गरेका छन ।

याे वर्ष  सेन्काकु टापु हुदै जापानी भुमिमा चिनीयाँ जहाज प्रवेश गरेको यो तेस्रो पटक हो । जापानको नियन्त्रणमा रहेको सेन्काकु टापुलाई चीन र ताईवानले दावा गर्दै आईरहेका छन ।

एशिया प्यासिफिक क्षेत्रिय मामिला मन्त्री केन्जी कानासुगीले जापानी भुमिमा चिनीयाँ जहाज प्रवेश गर्नु देशको सार्वभौमिकतामाथि चिनको ठाडो उल्लङ्घन भएको र दोषीलाई कारबाही गरिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?