कम्प्युटर कोडिंगको उपाधि जापानी विद्यार्थीहरुलार्इ

जापान । जापान र रसियाका  विद्यार्थीहरुविच टोकियो विश्वविद्यालयमा आयोजना गरिएकाे कम्प्युटर कोडिंगको उपाधि जापानी विद्यार्थीहरुले जितेका छन। प्रतिद्वन्दीकाे खेलको प्रशंसा गर्दै उनिहरुले जितप्रति खुसी व्यक्त गरेका छन्।

जापान रुस एक्सचेन्ज सेन्टरले आईतबार टोकियोमा आयोजना गरेको कार्यक्रममा जापानको विश्वविद्यालय स्नातक तह अध्ययन गर्दै गरेका ३४ तथा रसियाको विश्वविद्यालयमा अध्ययनरत २२ विद्यार्थीको सहभागिता रहेको थियो ।

जापानी विद्यार्थीहरुले प्रतियोगितामा समावेश गरिएका ५ वटा समस्यालाई दुई घण्टाको अवधिमा नै समाधान गरेका थिए । आयोजक टिमले आगामी वर्ष यस प्रकारको प्रतियोगिता रसियामा आयोजना गर्ने जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?