डि.पी कँडेलकाे सभापतित्वमा नेपाली जनसम्पर्क समिति जापानकाे नयाँ कार्यसमिती गठन

जापान । नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले टोकियोमा एक समारोह आयोजना गरि  डन्डपानी कँडेल (डी.पी)को सभापतित्वमा ६९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिवार टोकियोमा आयोजित समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता सुरेन्द्रराज पाण्डेले सभापतिमा डिपी कँडेल सहित ६९ सदस्यीय कार्यसमितिलाई पदभार ग्रहण गराएका थिए ।

गत महिना जापान भ्रमणमा आएका नेपाली काँग्रेसका बरिष्ठ नेता  रामचन्द्र पौडेल र सांसद राजन केसीको रोहवरमा समितीकाे विवाद अन्त्य गरि नयाँ कार्य समितिकाे चयनलाई निस्कर्षमा पुर्याइएकाे थियाे । साेही सहमतिकाे कार्यान्वयका लागि पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको सहभागितामा शनिवार आधिकारीकता प्रदान गरिएको हो ।

नव गठित समितिको सभापतिमा कँडेल सहित उपाध्यक्षहरुमा राजेन्द्रप्रसाद जमरकट्टेल, बद्रीनाथ पौडेल, पुस्करजंग थापा, पेम्वा लामा, सुजन जोशी, बिष्णु अर्याल, साधना घिमिरे, नवराज थापा, पिताम्बर चापागाई  र रामकृष्ण बम मल्ल रहेका छन। यस्तै महामन्त्रीमा रामजंग कार्की र रेशम डंगोल सहमहामन्त्रीमा प्रेमप्रसाद कँडेल, हरिप्रसाद कँडेल, युवराज अधिकारी, टिकाराम खरेल र पोषकान्त न्यौपाने चयन भएका छन।

त्यस्तै कोषाध्यक्षमा बावुराम सापकोटा र सावित्री लामा तथा सहकोषाध्यक्षमा वासुदेव बस्ताकोटी र दिपक वुर्जामगर र प्रवक्तामा सुरेश गिरी चयन भएका छन।

समितीकाे सदस्यहरुमा भने राजनकुमार गिरी, कृपन दाहाल, भिमलाल गैरे, अशोक शर्मा, लक्ष्मण थापा, लक्ष्मण बानियाँ, उल्लाश पाण्डे , जीवन खड्का, कृष्ण गैरे, सुजन खड्का, सुशिल पौडेल, रामबहादुर कार्की , नविनसागर सापकोटा, ध्रुव बस्नेत, कमल आचार्य, राजु पनेरु, जिवन आचार्य, नृप बुढा, दिपक भुसाल, उमानन्द आचार्य, लक्ष्मण गुरागाई, किरण उप्रेती, चिरन पाठक, अरुण खड्का, विपिन घिमिरे, राम बास्तोला, रवि गिरी, तेजेन्द्र जिसी(वकिल), शिशिर ज्ञवाली, जितेन्द्र केसी, डम्मर पुन, भुमिराज दवाडी, गुणराज सापकोटा , सुरेश सापकोटा, गीता देवी कँडेल , सुष्मा वाइवा, मिनराशी गुरुङ, मेख बहादुर लामा(तामाङ्ग), बिजय भट्टचन , टेक बहादुर नेपाली, राजविन थापा, लिल गुरुङ्ग, शरद लामिछाने , डिल्लीराम शिवाकोटी, ल्हाक्पा गेलु शेर्पा चयन भएका छन ।

कार्यक्रमका सभापति डिपी कँडेलले अर्को वर्ष रोशन केसीलाई सभापति पद हस्तान्तरण गर्न सहमति भएको र यस अघि सहमति भए नयाँ अधिवेशन समेत गर्न सकिने जानकारी दिएका छन ।

शनिवार आयोजित पत्रकारसम्मेलनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?