टोकियोमा अमेरिकी नागरिकहरुको मार्च पास, ट्रम्पलाई महिलाको सम्मान गर्न आग्रह

टोकियो । टोकियो सहरमा करिव ४०० जना मानिसहरु भेला भएर मार्च पास गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिला अधिकारको सम्मान गर्न माग गरेका छन् ।

A woman holds an anti-U.S. President-elect Donald Trump placard during a rally in Tokyo, Japan, January 20, 2017. REUTERS/Toru Hanai

जापानमा बसिरहेका अमेरिकी नागरिक तथा अन्य मानिसहरु टोक्यो पार्कमा शुक्रवार भेला भएर उनीहरुले त्यस्तो माग गरेका हुन् ।नागरिकहरुले “ महिला अधिकार भनेको मानव अधिकार हो ” लेखेको व्यानार बोकेर दुई किलोमिटर सम्मको मार्च पास गरेका थिए ।
मार्चपासमा सहभागी ३७ वर्षीय महिलाले आफुहरुले महिलाहरु बलिया हुन्छन् भनेर देखाउन चाहेको बताएकी छिन् । आफुलाई ट्रम्पको कार्यकालमा महिलालाई शान्तिपूर्ण हिडडुल साथै काम गर्ने रोजगारीको अवसर सिर्जना हुने विश्वास रहेको ति महिलाले बताईन् ।

टोक्योमा गरिएको जस्तै प्रदशन विश्वका ३६० स्थानमा गरिने मार्चपास आयोजक समितिले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?