नन्दराम सापकोटाको अन्तेष्टि भोलि गरिने, अन्तिम श्रद्धान्जली बिहान ९ बजे

जापान । पारिवारीक भेटघाटका लागि जापान आएर घुमघाम गरिरहेको अवस्थामा हिजो निधन भएका नन्दराम सापकोटाको भोलि अन्त्येष्टि गरिने भएको छ ।

बाग्लुङ जिल्लाको मल्म स्थायी ठेगाना भएका ७१ वर्षीय सापकोटाको भोलि २१ तारिख बिहान ९ बजे अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जापान सन्देशलाई जानकारी दिएको छ ।

सापकोटाको हिजो नागोयास्थित फुसोमा आफ्नै छोराको निवासमा निधन भएको थियो ।

उनको निधनमा गल्कोट समाज जापानले गहिरो दुःख व्यक्त गरेको छ । गल्कोट समाज जापानले अन्तिम श्रद्धान्जलीका लागि उपस्थितिका लागि जापानमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

श्रद्धान्जली सभामा उपस्थितिका लागि ०५६८–६२–४१४४ मा सम्पर्क गर्न सकिने छ ।

ठेगाना
〒484-0003
愛知県犬山市善師野字奥雑木洞1番地1
नाबीको लागि नम्बर 0568-62-4144

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?