जापानमा २० वर्षपछि आत्महत्याको दर घट्यो, यस्तो छ प्रहरीको रिपोर्ट

जापान । जापानमा आत्महत्या गर्नेहरुको संख्या करिब २२ वर्षपछि घटोको छ । सन् १९९५ पछि पहिलोपटक २२ हजार भन्दा कम व्यक्तिले आत्महत्या गरेको जापान प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

 

जापान प्रहरीले सार्वजनिक गरेको एक सरकारी रिपोर्ट अनुसार २१ हजार ७ सय ६४ ले २०१६ को १ देखि ३१ डिसेक्बरका बीचमा आत्महत्या गरेका छन् । जुन सन् १९९५ पछिको कम आत्महत्या हो ।
आत्महत्या गर्नेहरुमा १५ हजार १७ पुरुष र ६ हजार ७ सय ७४ महिला भएको रिपोर्टमा उल्लेख गरिएको छ । उनीहरुमध्ये धेरै स्वास्थ्य र आर्थिक कारणले गर्दा आत्महत्या गरेका जनाइएको छ ।
आत्यमहत्या गर्नेमा ४० देखि ६० वर्षसम्मका नागरिक रहेको जनाइएको छ ।
जापानमा सन् २००३ मा सवैभन्दा धेरैले आत्महत्या गरेका छन् । उक्त वर्ष ३४ हजार ४ सय २७ मानिसले आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?