जापान अमेरिकासंग सृदृढ सम्बन्ध स्थापित गर्न चाहन्छ: सुगा

जापान । जापानका प्रमुख सरकारी प्रवक्ता योशिहिदे सुगाले जापानले अमेरिका र ट्रम्प प्रशासनसंग थप सृदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन।

जापानका प्रमुख क्याबिनेट सचिव सुगाले शुक्रबार पत्रकार समक्ष जापान-अमेरिका मैत्री सम्बन्ध जापानको कूटनीतिक तथा राष्ट्रिय सुरक्षाको अक्ष बन्ने बताउदै एशिया प्रशान्त क्षेत्रमा शान्ति तथा स्थिरता कायम राख्न महत्वपुर्ण अाधार बन्ने बताएका छन ।

साथै सुगाले जापान सरकार यस सम्बन्धमार्फत ट्रम्प प्रशासनसंग आपसी विश्वास र सृदृढ सम्बन्ध स्थापित हुनेमा विश्वस्थ भएकाे बताएका छन । सुगाले जापान र अमेरिका आर्थिक क्षेत्रका महत्वपुर्ण साझेदार भएको बताएका छन ।

धेरै अमेरिकी नागरिकद्धारा कडा आलोचनाको शिकार बनेका ट्रम्पबारे प्रश्न गर्दा सुगाले फरक विचार र दृष्टिकोणकोबाट मानिसलाई व्याख्या गर्नु मानिसको प्राकृतिक गुण भएको टिप्पणी गरेका छन ।

उनले ट्रम्प बलियो र स्वत्रन्त्र अमेरिकाको खोजिमा रहेको बताउदै जापान सरकार अमेरिकासंग सहकार्यका लागि सदैब तत्पर रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?