जापानमा बसिरहेका नेपालीहरुको स्वास्थ्य विवरण संकलन हुँदै (फम सहित )

जापान । जापानमा विभिन्न पेशा या अध्ययन गरेर बसिरहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्न जापानमा रहेको नेपाली दूतावासको सहयोगमा एनआरएन जापानले व्यक्तिगत विवरण संकलन गर्ने भएको छ ।

जापानमा बढ्दो आत्महत्या तथा विभिन्न दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्यामा वृद्दी हुन थालेपछि त्यस्ता घटनाहरुको अग्रिम रोकथामको लागि जापनमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न लागिएको जनाईएको छ ।

तथ्यांक संकलनको लागि जापानमा “आत्महत्या र आकास्मिक मृत्यु ” बिषयक अध्ययन तथा सुझाव समिति समेत गठन गरिएको छ ।

जापानका नेपालीहरुको वर्तमान स्वास्थ्य अवस्था, आत्महत्यादर र असामायिक मृत्युको कारण बुझेर त्यसको समाधान गर्ने दिशा तर्फ अघि बढ्न समिति लागि परेको सुझाव समितिका संयोजक डा. विजय ज्ञवालीले बताएका छन् ।

तथ्यांक लिंदाका प्रारम्भिक चरणमा जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारेको जानकारी र त्यसको समाधानको लागि दिईएको सुझाव लगायतलाई समेटेर रिपोर्ट पेश गरिने ज्ञवालीले बताएका छन् ।

छिटो भन्दा छिटो तथ्यांक संकलन गर्नको लागि समितिले एनआरएन जापान सहित जापानमा रहेका क्षेत्रीय समिति तथा अधिकांश संघ संस्थाका पदाधिकारीहरुलाई सक्रिय बनाईएको समितिले बताएको छ ।

जापानमा बसिरहनु भएको छ भने तल दिईएको लिंक खोलेर आफ्नो व्यक्तिगत विवरण पेश गर्न सक्नुहुनेछ ।

आफ्नो विवरण भर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?