टोकियो । सामाजिक काममा योगदान गरे वापत जापानमा नेपाली युवा जिज्ञान कुमार थापा ‘युथ लिडर अवार्ड’बाट सम्मानित हुने भएका छन् ।
जापान सरकारले विगत ७ वर्ष देखि प्रदान गर्दै आएको युवा नेतृत्व पुरस्कार पहिलो पटक विदेशी नागरिक एक नेपाली युवाले प्राप्त गर्ने भएका हुन् ।

जापानलाई अन्तराष्ट्रियकरण गर्न तथा गैरसहकारी संस्था मार्फत सामाजिक कार्यमा अग्रसर भएको हुनाले थापालाई जापान सरकारले यस वर्षको युथ अवार्ड दिने निर्णय गरेको बताईएको छ ।
थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आवद्ध छन् । सन् २००० मा जापान आएका थापा जापान सरकारका तर्फबाट नेपालको बारेमा जानकार विज्ञको रुपमा कार्यरत छन् ।
रोपोन्गी हिल्समा जापानका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा फेव्रुअरी २१ तारिखमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।
जापानले आफूलाई वर्ष युवा घोषणा गर्ने जानकारी पाएपछि जिज्ञानकुमार थापाले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गर्दै पुरस्कार वितरण कार्यक्रममा आफूलाई सहयोग र समर्थन गर्ने सबै नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
सो कार्यक्रममा सहभागी हुन साधारण नागरिकले ५ हजार तथा विद्यार्थीले भने १ हजार येन शुल्क तिर्नुपर्ने आयोजक समितिले जनाएको छ ।
यस वर्षको युवा नेतृत्व पुरस्कार थापा संगै ४ जना जापानीले पनि पाउँदै छन् ।