जापान। जापानको न्याय मन्त्रालयले दक्ष विदेशी कामदारका लागि स्थायी निवासको निर्माण गर्ने विषयमाथि अाफ्नाे धारणा प्रस्तुत गरेकाे छ ।

मन्त्रालयले यस सम्बन्धी आवेदनको मुल्याङ्कन गर्दै दक्ष विदेशी कामदारका लागि स्थायी निवासको निर्माण गर्ने जनकारि दिएको हो ।
स्थायी निवास विदेशी कामदारको तलव तथा पेशा गत उपलब्धीको मापदण्ड अनुरुप व्यवस्था गरिने छ ।
स्थायी आवास पाउने विदेशी कामदारले ७० अंक ल्याउनुको साथै कम्तीमा पाँच वर्ष जापान बसेको हुन पर्ने छ । मन्त्रालयले भने तिन वर्ष देखि जापान बस्दै अाएका विदेशी कामदारले पनि अावेदन दिन सक्ने बताएकाे छ ।
साथै जापानी न्याय मन्त्रालयले ८० वा सो भन्दा बढि अंक ल्याएमा एक वर्ष मात्रै जापान बसेका विदेशी कामदारलाई पनि यसप्रकारकाे सुविधा उपलब्ध गराईने घोषणा गरेको छ ।
यसका अलवा प्रमुख विश्वविद्यालयबाट स्नातक गरेका तथा आईटी लगायतका अत्याधुनिक परियोजनाहरुमा सहभागी भएका विदेशी कामदारका लागि थप अंक दिर्इने बताएकाे छ ।
मन्त्रालयले एक महिना देखि प्रस्तावित परियोजनाका लागि सार्वजनिक रुपमा नै राय सल्लाह संकलन गरिरहेको छ । मन्त्रालयले स्थायी आवासको लागि नयाँ तथा उत्कृष्ट मापदण्डको निर्माणका गर्न आगामी मार्च सम्मको अवधि छुट्याएको छ ।