प्रधानमन्त्री आवे तथा र्इन्डाेनेशियाका राष्ट्रपति विदोदोविच सहायता अभिवृद्धिका लागि छलफल

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवे तथा ईन्डाेनेशियाका राष्ट्रपति जोको विदोदो विच ईन्डाेनेशियाको राजधानी जकार्तामा दुवै देश विच सहायता वृद्धि गर्ने उदेश्यले जापान र इन्डाेनेशियाका विदेश तथा रक्षा मन्त्रीहरुको एक वैठक आयोजना गर्ने सहमति भएको छ ।

 

ईन्डोनेशियाको बोगोर शहरमा अायाेजित भेटवार्तामा आवे र विदोदो विच दक्षिणी चिन सागरमा चिनको बढ्दो गतिविधीलाई विधान अनुरुप शान्ति पुर्ण तरिकाले हल गर्ने सहमति भएको छ ।

उनिहरुविच सिङ्गो विश्वकै शान्ति तथा अस्थिरता संग जोडिएको दक्षिणी चिन सागरको मुद्धालाई अन्तराष्ट्रिय समुदायबाटै हल गर्नु पर्ने सहमति भएको छ ।

प्रधानमन्त्री आवेले दक्षिणी चिन सागर स्थित नातुना द्धिपको विकासको लागि ईन्डोनेशियालाई सहयोग गर्ने बचन दिएका छन । साथै उनले रक्षा उपकरण र प्रविधिको स्थानान्तरण लागि सहायता पुर्याउने सम्झौतामाथि विचार विमर्श गर्ने बताएका छन् ।

आवेले ईन्डोनेशियामा तिव्र गतिको रेलमार्गको निर्माण,तटरक्षकको क्षमतामा अभिवृद्धि तथा आतंकवाद नियन्त्रणका लागि पहल गर्ने बताएका छन ।
आवे तथा विदोदोविच अन्तराष्ट्रिय अस्थिरतालाई मध्यनजर गर्दै एशिया प्रशान्त क्षेत्रमा शान्ति तथा स्थिरता कायम राख्नको लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प संग निकट सम्बन्ध स्थापित गर्ने सहमति भएको छ ।

दक्षिणपूर्वी एशिया र अष्ट्रेलियाको ६ दिने भ्रमणका क्रममा सोमबार ईन्डोनेशिया पुगेका आवेले राष्ट्रपति विदोदाेसंग मुक्त व्यापार सम्झौताको गुाणात्मक वृद्धिका लागि एकसाथ काम गर्ने सहमती गरेका छन् ।

वैठक पश्चात पत्रकार सम्मेलनमा आवेले जापान तथा ईन्डोनेशियाविचको सम्बन्ध अझ सृदृढ हुने बताउदै दुवै देश विचको रणनितीक साझेदारीमा गुाणात्मक अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति विदोदोले ईन्डोनेशिया राजनितिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवम सुरक्षा लगायतका विभिन्न क्षेत्रमा जापानको साथमा काम गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?