जापानी प्रविधि र लगानी नेपाल भित्राउने पहल थाल्नुहोस् : बरिष्ठ नेता खनाल (भिडियो सहित)

जापान । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले जापानी प्रविधि र लगानी नेपाल भित्राउन जापानमा रहेका प्रवासी नेपालीहरुमा आग्रह गरेका छन्. ।

प्रवासी नेपाली मञ्च जापानले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान तथा विभिन्न संघ संस्थाहरुका बीचमा परिचयात्मक कार्यक्रमलाई भिडियो सन्देश दिदै नेता खनालले जापानी प्रविधि र विकासलाई आधार मानेर नेपालको विकास अघि बढाइनुपर्ने बताए ।

नेता खनालले मञ्चले आयोाजना गरेको कार्यक्रमले जापानमा रहेका प्रवासी नेपालीहरुलाई एकतावद्ध गर्न सहयोग पुर्याउने विश्वास पनि व्यक्तल गरे ।

खनालले सन् २०१६ उथल पुथल वर्ष भएको, विश्वमा राजनीतिक केन्द्रहरु कमजोर हुदै गएको, विश्व व्यवस्था एशिया प्यासिफिक केन्द्रीत बन्दै गैरहेको उल्लेख गर्दै अबको विश्व शक्तिका रुपमा जापान अघि आएकाले यहाँको विकासबाट नेपालले पनि फाइदा लिनसक्नुपर्ने बताए ।

खनालले विभिन्न धर्मको उद्गम एशिया नै भएको र एशियामा जागरण आउँदै गरेको अवस्थामा जापानबाट नेपालले धेरै पाठ सिक्नुपर्ने बताए ।
भिडियो सन्देशमा नेता खनालले नेपालमा संविधान निर्माण भई कार्यान्वयनको चरणमा रहेकाले अब विकासको चरण सुरु हुने उल्लेख गर्दै जापानको आर्थिक विकास, शिप र क्षमता नेपाल विकासका लागि प्रयोग गर्न सकिने बताए ।

नेता खनालले जापानमा रहेका नेपालीहरुले त्यहाँको विकास र प्रविधि भित्राउन सहयोग गर्नुपर्ने सन्देशमा बताएका छन् ।

नेपाललाई उन्नती, विकास र सम्य सभ्यताको निर्माणतर्फ लान प्रवासी नेपालीहरुको भुमिकका महत्वपुर्ण हने भन्दै नेता खनालले देशलाई बेरोजगारी र अविकासबाट मुक्त पार्नका लागि जापानमा रहेका प्रवासी नेपालीहरुको भुमिका महत्वपुर्ण रहने बताए ।

जापानमा रहेका नेपालीहरुलाई प्रगति र साधन सम्पन्न हु्न र प्राप्त उपलब्धी नेपालमा लगानी गर्न पनि खनालले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?