जापानकाे अन्तरिक्ष एजेन्सी जाक्साद्वारा मिनी रकेट प्रक्षेपण

जापान । जापानको अन्तरिक्ष एजेन्सी जाक्साले आईतबार विहान एक मिनी रकेट प्रक्षेपण गरेको छ ।

जापान एरोस्पेस अन्वेषण एजेन्सीले आईतबार विहान ८.३०मा युचिन्युउरा अन्तरिक्ष केन्द्रबाट  रकेट प्रक्षेपण गरेको हो । ९.५ मिटर लम्बाई,३५ सेन्टिमिटरको माइक्रोसेटेलाइट बोकेको सो रकेटको तौल तिन किलोग्राम रहेको छ ।

जापान सरकार तथा व्यवसायीहरुले संसारभर सस्तो र उन्नत विकल्पहरूको प्रयोग गर्ने उदेश्यले माइक्रोसेटेलाइटमा लगानी गरेका हुन् ।

जापान एरोस्पेस अन्वेषण एजेन्सी (जाक्सा)ले निजी क्षेत्रले व्यवसायीकरणका लागि यस प्रविधीको प्रयोग गर्ने आशा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?