विश्वविद्यालय अध्ययनका लागि जापानमा प्रवेश परिक्षा सुरु

जापान । जापानको राष्ट्रिय परिक्षा बोर्डमार्फत् विश्वविद्यालय अध्ययनका लागि प्रवेश परिक्षा सुरु भएको छ र यो परिक्षामा ५ लाख ७५ हजार ९६६ जना सहभागि भएका छन् । 

शनिबार र आइतबार दुई दिन चल्ने केन्द्रीय परिक्षामा १२ हजार १९८ जना पुराना विद्यार्थी पनि सहभागि भएका छन् । देशब्यापी रुपमा ६९१ परिक्षा केन्द्र मार्फत् एकै पटक परिक्षा चलिरहेको छ ।

शनिबार भूगोल, इतिहास, नागरिक शास्त्र, जापानी तथा विदेशी भाषाका परिक्षा भएका छन् ।
आइतबार गणित र विज्ञानको परिक्षा सञ्चालन हुने छ । देशका केही भूभागमा चलिरहेको हिमपात र चिसोका कारण भने परिक्षार्थीहरुलाई सामान्य असर परेको छ । सरकारले परिक्षा छुटेकाहरुको वैकल्पीक व्यवस्था गर्न सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?