जापान । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलले ट्रान्स प्यासिफिक पार्टनरसिप अर्थात टिपिपि मुक्त व्यापार सम्झौतालाई प्रचार गर्न अष्ट्रेलियाले जापानसंग मिलेर काम गर्ने बताएका छन् ।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले मुक्त व्यापार सम्झौताबाट अमेरिका बाहिरिने विषयको अभिव्यक्तिलाई उद्दरण गर्दै टर्नबुलले मुक्त व्यापार सम्झौता अनुरुप नै अमेरिका एशिया प्यासिफिक क्षेत्रहरुमा व्यापार गर्न सक्षम भएको बताएका छन् ।
त्यस्तै टर्नबुलले दक्षिण समुन्द्री क्षेत्रहरुमा चीनले निर्माण गरिरहेको कृत्रिम टापुहरुको विषयमा आलोचना गरेका छन् । दक्षिण प्यासिफिक क्षेत्रहरुमा शान्ति स्थापना गर्न अन्तराष्ट्रिय कानुन अनुरुप अष्ट्रेलिया र जापान मिलेर अघि बढ्ने टर्नबुलले बताएका छन् ।