भारतका दुर्इ ठुला शहर जाेड्ने रेल मार्गकाे निर्माण गर्दै जापान

जापान । जापान सरकाले जापान र भारत सम्बन्ध सुदृढ बनाउने उदेश्यले भारतका दुई ठुला शहर जोड्ने माल ढुवानी रेल मार्गको निर्माण घोषणा गरेको छ ।

भारतकाे दिल्ली र बेंगलोर जाेड्ने  २२ सय किलाेमिटर लामाे रेलमार्ग  भारतीय अर्थव्यवस्थाकाे विकासलार्इ ध्यानमा राख्दै निमार्ण गर्न लागिएकाे हाे ।

साथै यस महिना देखि नै माल आपुर्ति गर्ने जापानी कम्पनी निप्पोन एक्सप्रेस तथा एक भारतीय कम्पनीले  संयुक्त रुपमा  काम गर्ने भएका छन। यस अघि  जापान तथा भारत सरकारविच मुम्बई र अहमदाबाद जोड्ने शिंकनसेन बुलेट रेल मार्गको निर्माणको गर्ने सहमति भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?