जापानी प्रधानमन्त्री आबेले भने–अब ट्रम्पसँग गठवन्धन बनाएर अघि बढ्छौं

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले आफु अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्बन्धलाई नयाँ र सुदृढ ढंगले अघि बढाउन चाहेको बताएका छन् ।

बुधबार जापानमा टोकियो न्युजलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री आबेले ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा कार्य आरम्भ गरेलगत्तै आफुले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउन विशेष पहल थाल्ने बताए ।

उनले दुई नेताबीचको समझदारीमा एशिया प्रशान्त क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नयाँ कार्ययोजना ल्याउने बताए ।

प्रधानमन्त्री आवेले विश्व शान्ति र स्थायीत्वका लागि जापान–अमेरिका गठवन्धन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?