जापानी राजकुमार नारुहितो बन्लान त भावी सम्राट ?

जापान । जापानका वर्तमान सम्राट अकिहितोले सम्राट पदबाट राजीनामा दिने ईच्छा जाहेर गरिरहेको अवस्थामा सन् २०१९ जनवरी १ तारिख तिर राजकुमार नारुहितोलाई सिंहासनमा विराजमान गराउने विषयमा सोचिरहेको जापान सरकारले बताएको छ ।

८३ वर्षीय सम्राट अकिहितोले आफ्नो बुढ्यौलीको कारण देखाउंदै पछिल्ला दिनहरुमा राजीनामा दिने कुरा बताईरहेको घटनाक्रमलाई मध्यनजर गर्दै जापान सरकारले त्यस्तो योजना बनाएको बुझिएको छ ।

जापान सरकारले नयाँ सम्राटका लागि ५६ वर्षीय राजकुमारलाई प्रस्ताव गर्न लागेका हुन् ।तर जापान सरकारका चिफ क्याविनेट सचिव योशिहिदा सुगाले सम्राटको बहिर्गमनको मिति नै भने घोषणा भैनसकेको बताएका छन् ।

अकिहितोको बहिर्गमनको पश्चात उनलाई सरकारको तर्फबाट दिईने सेवा सुविधाहरु सहित नयाँ सम्राटको गद्दी आरोहण गरिने सुगाले बताएका छन् ।जनवरी २३ सम्ममा सम्राटको बहिर्गमन बारे आधिकारिक धारणा जापान सरकारले अघि ल्याउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?