डा. ज्ञवालीको संयोजकत्वमा आत्महत्या तथा आकस्मिक मृत्यु अध्ययन तथा सुझाव समिति गठन

जापान । पछिल्लो समय जापानमा अध्ययन तथा रोजगारीका लागि आएका नेपालीहरुको आकस्मिक मृत्यु तथा आत्महत्याको कारण पत्ता लगाउन अध्ययन तथा सुझाव समिति गठन गरिएको छ ।

डा. विजय ज्ञवालीको संयोजकत्वमा जापानमा बढ्दो नेपालीहरुको आत्महत्या र आकास्मिक मृत्युबारे अध्ययन तथा सुझाव समिती गठन भएको हो । पछिल्लो समय जापानमा नेपालीहरुको आगमन बढ्दै गएसँगै आत्महत्याका घटनाहरु समेत बढीरहेका छन् ।

जापानमा रोजगारी तथा अध्ययनका लागि आउने नेपालीहरु कामको बोझ र आर्थिक कारणबाट आत्महत्या गर्ने र केहीको आकस्मीक निधन समेत हुँदै आएको छ ।

यसको कारण पत्ता लगाई आत्महत्या न्युनिकरणका लागि सुझाव समेत दिनका लागि डा. ज्ञवालीको संयोजकत्वमा समिति गठन भएको एनआरएन जापानको अध्यक्ष सुदन थापाले बताए ।

समितीका सदस्यहरुमा टासि वाङदी लामा, बुद्घिराज घिमिरे, जनक बिक्रम शाही, डा. प्रकाश शाक्य, आनन्द कोइराला रहेका छन् ।

समितिको सल्लाहकारहरुमा जापानका लागि कार्यवाहक राजदुत कृष्णचन्द्र अर्याल, एनआरएनका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष थापा र एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा रहेका छन् ।

समितीले एक महिना भित्रमा अध्ययन तथा सुझाव प्रतिवेदन पेश गर्ने छ । समितीको सुझावका आधारमा एनआरएन जापानले आकस्मिक मृत्यु तथा आत्महत्या न्युनिकरणका लागि कार्यक्रम बनाउने अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?