जापान सरकारले पर्यटन भिसा सहज बनाउने, यस्तो छ सन् २०१६ मा पर्यटक आगमनको अवस्था

जापान । जापान सरकारले सन् २०१७ मा जापान भ्रमण गर्न चाहनेहरुका लागि भिषा प्रणाली सहज बनाउने भएको छ ।

जापान सरकारले सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा करिब २२ प्रतिशत बढी अर्थात् साढे २४ लाख पर्यटक जापान भ्रमणमा आएको र यो वर्ष संख्या बढाउनका लागि भिषा प्रकृया सहज पार्न लागिएको पनि बताएको छ ।

मंगलबार जापानको पर्यटन मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यो वर्ष साढे २४ लाख पर्यटक आएको उल्ल्ेख गरेको छ । मन्त्रालयले सन् २०१५ मा यो संख्या करिब २० लाख रहेको उल्लेख गरेको छ ।

जापानको फुजी टिभीले पर्यटन मन्त्री किलिची लिस्सीलाई उदृत गर्दै एशियाली तथा गैर एशियाली पर्यटकहरुले गत वर्ष सफल रुपमा जापान भ्रमण गरेको उल्लेख गरेको छ ।

जापान सरकारले यो वर्ष भने पर्यटकहरुला लागि भिष प्रणालीमा परिवर्तन गर्ने र पर्यटकको संख्या बढाउने तयारी समेत गरेको छ । गत वर्ष सबैभन्दा बढी दक्षिण कोरियाली नागरिक र त्यसपछि चिनियाँ नागरिकहरुले जापान भ्रमण गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?