मार्च २० मा हुने भयाे जापानी भाषाकाे वक्तित्वकला प्रतियाेगिता

जापान । नेपाल जापान रिसर्च सेन्टर तथा नेपाकेनको आयोजनामा हरेक वर्ष जापानमा हुदैं अाएकाे जापानी भाषाको वक्तित्वकला प्रतियोगिता यस वर्ष अागामी मार्च २० तारिखका दिन अायाेजना हुने भएको छ ।

नेपाली दुतावास जापान ,एनआरएन जापान तथा जाईका स्वयंमसेवक संस्था लगायतका विभिन्न सघं संस्थाहरुले सहयोग गर्दै आएकाे यस कार्यक्रममा जापानको विश्वबिद्यालय रिस्सयाेले पनि सहकार्य गर्ने भएको छ ।

कार्यक्रमका संयोजक शंकर बराईलीले जापानका विभिन्न विश्वविद्यालय तथा जापानी भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको क्षमता देखाउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको बताएका छन ।

कार्यक्रममा प्रथम हुने प्रतिस्पर्धीले ५० हजार,द्धितीयले ३० हजार तथा तृतीय हुने प्रतिस्पर्धीले २० हजार यान प्राप्त गर्ने छन । त्यस्तै कार्यक्रममा सहभागी दर्शकहरुको भोटबाट एकजनाले अडियन्स पुरस्कार पनि प्राप्त गर्ने छन ।

यसका साथै सबै सहभागीका लागि प्रमाण पत्र तथा ट्रेन फेयर स्वरुप २ हजार यान दिईने व्यवस्था गरिएको छ ।

कार्यक्रममा रिस्सयो विश्वविद्यालय तथा जाईका स्वयंसेवक संस्था लगायतका संस्थाहरुले पनि आकर्षक पुरस्कारको व्यवस्था गरेका छन् ।

अायाेजक टिमले प्रतियोगितामा सहभागि वन्न चाहने विद्यार्थीहरुका लागि आवेदन फर्मकाे व्यवस्था गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?