योकोहामामा म्युजिकल नाईटले यसरी मच्चायो धुम (फोटो फिचर सहित)

टोकियो । सनराईज कर्पोरेशन एण्ड स्पाईस गार्डेनको आयोजनामा जापानमा रहेका नेपालीहरुले नयाँ वर्षको अवसरमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् ।

योकोहामा क्षेत्रमा रहेका नेपालीहरुले पहिलोपटक नेपालबाट कार्यक्रममा आएका सुगम पोखरेल, नविन के भट्टराई, ताराप्रकाश लिम्बु, नम्रता सापकोटा लगायतका ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
सो म्युजिकल साँझको उद्घाटन भने प्रमुख अतिथि ददिवल खड्का लगायत बिभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने बिशेष अतिथिहरुले संयुक्तरुपमा रिवन काटेर गरेका थिए ।

कार्यक्रमका संयोजक हरि सापकोटाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सूर्य खड्का, सहिल खड्का, राजेश केसी, लक्ष्मी केसी, अमित सापकोटा लगायतका स्थानीय कलाकारहरुले साथ दिएका थिए ।

सो साँगीतिक समारोहमा बिशेष अतिथिहरु नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कँडेल, योकोहामा प्रिफेक्चरका गभर्नरका सल्लाहकारसमेत रहेका सञ्चारकर्मी जिज्ञानकुमार थापा लगायतले नयाँ बर्षको शुभकामना दिनुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए ।कार्यक्रममा आयोजकको तर्फबाट राजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

पहिलो पटक नेपालीहरुको योकोहामा क्षेत्रमा साँगीतिक कार्यक्रम आयोजना गर्न पाएकोमा आयोजक लगायत टाढा टाढाबाट आएका नेपालीहरु उत्साहित देखिन्थे । विभिन्न संघसंस्थाहरुबाट प्रतिनिधिमुलक सहभागिता रहेको सो कार्यक्रमलाई संचालन रविन्द्र श्रेष्ठले गरेका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?