जापान । जापान विश्वको यस्तो व्यस्त देश हो जहाँ मानिसहरु अत्यन्त व्यस्त हुन्छन् ।व्यस्त जापानका सहरहरुमा जापानीहरुको ध्यान आफु तिर आकर्षित गर्न सडक तथा गल्लीहरुमा विभिन्न गतिविधिहरु गर्नुलाई नराम्रो मानिन्छ ।

तर त्यस्ता गतिविधिहरुलाई कतिपय सवालमा भने सामान्य रुपमा लिईएको एउटा भिडीयोले पुष्टि गरेको छ । द जापानिज म्यान उटा भन्ने सडकमा लिईएको अन्तर्वार्ताको भिडियोले त्यस्तो गतिविधि सामान्य भएको देखिएको छ ।
विभिन्न मानिसहरु संग सडकमा लिईएको सो अन्तर्वार्तामा सार्वजनिक स्थानहरुमा चुम्वन गर्दा, युवा युवतीहरुले हात समातेर हिड्दा अफ्ठ्यारो बोध हुने भनिएको छ ।
फुर्सद या बिदाको समयमा मदिरा सेवन गरेर सडकमा युवा युवतीहरुले गर्ने अनौठो व्यवहारले समेत सर्वसाधारणलाई अफ्ठ्यारो महसुस हुने गरेको देखिएको छ ।
त्यस्तै मानिसहरु एक आपसमा झर्किएर तथा चर्को स्वाभावमा प्रस्तुत हुने वानी व्यहोराले पनि सामान्य मानिसहरुलाई अचम्म महशुस हुने बताईएको छ ।
युरोपका सहरहरुमा गरिने व्यवहार जस्तै जापानमा पनि त्यस्तो व्यवहार गर्दा सर्वसाधारण चकित पर्ने गरेको अन्तर्वार्ताका क्रममा छनक दिईएको छ ।
त्यस्तै विदेशीहरुले आफ्नो देशको संस्कृति तथा चलन अनुसारको व्यवहार जापानमा पनि गर्दा त्यसले पनि जापनीहरुलाई अफ्ठ्यारो महसुस हुने गरेको बताईएको छ ।
जापान भ्रमणका क्रममा या बसोवास गरिरहेका युवा युवतीहरुको जोडीले गर्ने सामुहिक अंकमाल तथा चुम्वनले आफ्नो पेसामा हिडिरहेका जापानीहरुलाई केहि मात्रामा डिस्टर्व गर्ने गरेको भिडियोको क्रममा दिईएको अन्तर्वार्तामा बताईएको छ ।
थप भिडियोमा पनि हेर्न सकिन्छ ।