जापानी मोटर कम्पनी टोयोटा र अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप र खण्डन

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रसिद्द जापानी मोटर कम्पनी टोयोटालाई गरेको आलोचनालाई मध्यनजर गर्दै टोयोटा कम्पनीले अमेरिकामा रोजगारीको सिर्जना गरिने भन्दै जवाफ दिएको छ ।

ट्रम्पले बिहिवार टोयोटाले सन् २०१९ देखि संचालनमा आउने गरि मेक्सिकोमा आफ्नो कारखाना विस्तार गरेकोमा विरोध जनाउँदै अमेरिकामा नै ठुलो कारखाना स्थापना गर अन्यथा धेरै कर तिर्नुपर्ने चेतावनी दिएका थिए ।

ट्रम्पको भनाईलाई खण्डन गर्दै टोयोटाले अमेरिकामा १० प्लान्टहरु स्थान भैसकेको र त्यहाँ १३६००० कामदारले काम गर्ने गरेको स्पष्टीकरण दिएको छ ।

मेक्सिकोमा स्थापना हुने ठुलो प्लान्टले अमेरिकामा उत्पादन हुने कम्पनीका सामानहरु र दक्ष कामदारहरुमा कुनै असर नगर्ने टोयोटा कम्पनीका आधिकारीहरुले बताएका छन् ।

अमेरिकामा अर्को हप्ता आयोजना हुने डेट्रोईट अटो सो मा टोयोटाका प्रमुख अकियो टोयोड़ा सहभागी हुँदैछन् । मेक्सिकोमा टोयोटा लगायत निसान, होन्डा, माज्दा लगायतका मोटर कम्पनीहरुले आफ्नो कारखाना विस्तार गर्दैछन् ।

साथै ति कम्पनीहरुले ट्रम्पको प्रशासनले अगाडी बढाउने आर्थिक नीति अनुसार आफ्ना योजनाहरु अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?