दक्षिण काेरियाबाट जापानी राजदुत स्वदेश फिर्ता

जापान । जापान सरकारले शुक्रबार दक्षिण कोरियामा रहेका आफ्ना राजदुतलाई अस्थायी रुपमा स्वदेश फिर्ता बोलाएको छ ।

 जापानका सरकारी प्रवक्ता योशिहिन्दे सुगाले शुक्रबार एक पत्रकार सम्मेलन मार्फत राजदुत फिर्ता बोलाएकाे बताएका छन् ।

जापानले दक्षिण कोरियाको बुशान शहरस्थित आफ्नो महावाणिज्य दुतावास अगाडी दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाको योैन दासी तथा उत्पीडन बनाइएका पीडित महिलाहरुको शालिक राख्ने  कदमको विरोधमा सो प्रक्रिया अपानाएको जानकारीमा आएको छ ।

जापान सरकारले सो अवस्थाप्रति अत्यन्त  खेद प्रकट गरेकाे छ ।  यसका साथै प्रवक्ता सुगाले जापान र दक्षिण कोरियाको उच्च तहको व्यापारिक छलफल पनि निलम्बन गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?