एउटै माछाको मुल्य ७ करोड ४२ लाख, यसरी भयो टोकियोमा माछाको मुल्य बढावढ

जापान । टोकियोको त्सुकिजी थोक खाद्य भण्डारमा बिहीबार बिहानै देखि विशेष चहल पहल देखिन्थ्यो । यो वर्षको पहिलो लिलामी भएर पनि होला । सुरक्षाका कारण पनि यो बजार अन्यत्र सार्ने तयारी भैरहेका बेला चहलपहल बढेको थियो ।

बिहीबार बिहान सबेको आकर्षणको केन्द्र भएको थियो लिलामी बजारको माछा । बिहान पाँच बजेदेखिनै जापानीहरु आफुलाई मन पर्नेमाछा किन्नका लागि यहाँ आइपुगेका थिए । केहीबेर घण्टी बजाइएसँगै बजार खुलेको थियो । व्यापारीहरुले घण्टीको आवाजसँगै ट्युना माछाको मोल मलाई सुरु भएको थियो ।
बिहीबार सबैभन्दा ठुलो २१२ किलोग्रामको ब्लुफिन ट्युना माछा थियो । उत्तरी जापानको आओमोरीस्थित ओमा बन्दरगाहमा समातीएको यो माछा ७ करोड ४२ लाख एनमा भयो । जसको मुल्य ६ लाख ३२ हजार डलर हुन आउँछ ।

सन् १९९९ मा बिक्रि भएको महंगो माछा पछि यो नै सर्बाधिक मुल्य रेकर्ड भएको माछा हो । यो पुरानो थोक बजारलाई अब तोयोसु तटीय इलाकामा सारीने भएको छ । तर, जमिन प्रदुषण हुने भन्दै रोकीएको अवस्था विद्यमान छ । यहाँ माछाको लिलाम बढावढ हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?