जापान । जापानको वाकायामा प्रान्तस्थित एक पोखरीबाट अकस्मात दुई ओटा डल्फिन हराए पछि तहल्का मच्चिएको छ ।

वाकायामा प्रान्तमा रहेकाे तार्इजी मनोरञ्जात्मक पोखरीमा मानिस र डल्फिन एकसाथ पौडन सक्ने गरि व्यवस्था गरिएको थियाे ।
प्रहरिले सामुद्रिक तटमा राखिएको नौ वटा पोखरीमध्ये दुई पोखरीमा करिब एक मिटर लामो जाली फेला पारेकाे बताएका छन । प्रहरिले पोखरीबाट निक्लेका चार डल्फिनमध्ये दुई अझै हराईरहेको बताएको छ ।
सो परियोजनाका प्रमुख सेईशी मियोशीले यस्तो घटना यस भन्दा पहिला नघटेको बताएका छन् । उनले पोखरीमा राखेको जाली फाटेकाले डल्फिन पौडिदै पोखरिबाट बाहिर गएको हुन सक्ने बताएका छन् ।
डल्फिन नियन्त्रणका लागि यस प्रकारको प्रयास गरिएको हुन सक्ने अनुमान गरिएको छ । यसअघि २०१० मा एक समुहले डल्फिनलाई नियन्त्रणमा लिन यस प्रकारको उपाय अपनाएका थिए ।
पछिल्ला समयमा यस्ता गतिविधीका लागि युरोपका पर्यावरणीय समूहलाई जिम्मेवार मान्दै आइएको छ ।