२०१७ मा देशकाे अर्थव्यवस्था सर्वोच्च प्राथमिकतामा रहन्छ:प्रधानमन्त्री अावे

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले २०१७ मा देशको आर्थिक पक्ष सर्वोच्च  प्राथमितामा रहने बताएका छन् ।

आवेले नयाँ वर्षको परिवर्तन संगै विभिन्न देशमा नेतृत्व परिवर्तन हुन सक्ने प्रत्याशा व्यक्त गरेका थिए ।

सो विषयलाई जोड्दै प्रधानमन्त्री आवेले यस अप्रत्याशित समयमा आफ्नो आर्थिक नितीको माध्यमबाट देशको मौद्रिक नीति, वित्तीय नीति तथा देशको आर्थिक वृद्धिदरलाई अगाडी बढाउने संकल्प गरेका छन् ।

आवेले वैश्विक परिप्रेक्षबाट आफ्नो कुटनितिक पक्षलाई अगाडी बढाउने उदेश्यले १०० बढि देशको भ्रमण गरेको बताएका थिए । साथै उनले जनवरी २० तारिख जापानका लागि नयाँ भविष्य निर्माणको दिन बन्ने बताएका छन् ।

उनले आफ्नो संसद तथा जापानी नागरिहरुलाई नयाँ जापान निर्माणमा लागि पर्न आह्वान गरेका छन । प्रधानमन्त्री आवेले जापानको आर्थिक वृद्धि गर्नु तथा आवेनोमिक्सलाई बढवा दिनु जापान सरकारको प्रमुख उदेश्य भएको बताएका छन् ।

उनले आफु र आफ्नो प्रशासन २०१७ को वित्तीय वर्षमा यथासक्य चाँडो वजेट पारित गर्न लागि पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?