जापान । जापान सरकारले देशको जीपीएस प्रणाली बढाउने उदेश्यले अन्य तीन उपग्रह प्रक्षेपित गर्ने योजना बनाएको छ ।

अमेरिकी सरकारद्धारा नियन्त्रित प्रणाली ग्वोवल पोजिशनिङ सिस्टम (जिपीएस) हाल विश्वभर संचालनमा आएको छ । जापानले सन २०१० मा एक क्वासी -जेनिथ नामक उपग्रह प्रक्षेपित गरेको थियो ।
हाल जापान स्वयंमले जापानीज भर्जन जीपीएस प्रणाली नामक मुल जीपीएस प्रणाली संचालन गरिरहेको छ ।
यस प्रणालीलाई अझ राम्रो तरिकाले अगाडी बढाउनको लागि जापान सरकारले थप तिन ओटा उपग्रह प्रक्षेपित गर्ने योजना बनाएको हो ।
जापानी अधिकारीका अनुसार ४ ओटा उपग्रहको प्रयोगबाट अमरिकी जीपीएसको तुलनामा चौविसै घण्टा सही शुद्धतामा स्थानको मापन गर्न सकिने प्रणालीको विकास हुने छ ।
यस उत्कृष्ट प्रणालीलाई स्वचालित कार तथा कृषि क्षेत्रमा प्रयाेग गरिने ट्याक्टरमा उपयोग गर्न सकिने आशा व्यक्त गरिएको छ ।
यसका साथै सो प्रणालीलाई प्रकोपको विस्तृत क्षतिबारे तत्काल जानकारी एकठ्ठा गर्न प्रयोग गर्न सकिने छ ।