जापान नेपाली एकता समाजद्वारा अायाेजित सांगीतिक कार्यक्रम सम्पन्न

जापान। जापान नेपाली एकता समाजले अंग्रेजी नयाँ वर्ष २०१७ मो अवसरमा जापानमा आयोजना गरेको सांगीतिक धमाका २०१७ सम्पन्न भएको छ ।

जापान नेपाली एकता समाजले अायाेजना गरेकाे सांगीतिक कार्यक्रममा गायक जीवन शर्मा,बहुचर्चित गायक विष्णु खत्री, दोहोरी गायिका मुना थापा मगर तथा रक्तिम साँस्कृतिक अभियान्ता, कलाकार एंव प्रगतिशील पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा सहभागी भएका थिए ।

नेपालका बहुचर्चित कलाकारको सहभागीता रहेको सांगीतिक धमाका २०१७ डिसेम्बर ३१ मा सिनओका  र जनवरि १ मा टोकियोमा आयोजना गरिएको थियो ।

नेपाली ख्यातीप्राप्त कलाकार तथा जापानमै रहेका नेपालीहरुको दमदार प्रस्तुती रहेको सांगीतिक कार्यक्रममा जापानमा रहेका हजारौं नेपालीहरूको सहभागीता रहेको थियो ।

हर्षाेउल्लासका साथ सम्पन्न भएको सांगीतिक कार्यक्रममा सहभागिता जनाएका सम्पुर्ण जापानवासी नेपालीहरुलाई जापान नेपाली एकता समाज  तथा डिलाराम कर्पाेरेशन परिवारले धन्यवाद प्रकट गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?