टोकियो ओलम्पिकको लागत बजेट बाँडफाँड बारे पछिल्लो धारणा

जापान । टोकियो ओलम्पिकको आयोजना गर्ने विषयमा सम्मिलित अधिकारीहरु बिच आयोजनाको लागि छुट्टाईएको बजेट कसरि निर्माण प्रक्रियामा लगाउने भन्ने बारेमा छिट्टै गम्भीर बहस हुने भएको छ  ।

ओलम्पिक आयोजक समितिले कुल १५ विलियन डलरको बजेट अनुमान गरेको छ । ओलम्पिक खेलकुदका लागि जापानको केन्द्रिय सरकार र टोकियो महानगरीय सरकारले नयाँ राष्ट्रिय रंगशाला सहितका स्थायी सुविधाहरु तय गर्ने भएको छ ।

तर कुल बजेट मध्यको बाँकी ८.१ विलियन डलर बराबरको खेलकुदका आवश्यक पूर्वाधारहरु कसले गर्ने भन्ने विषयमा भने अझै पनि अन्योल रहेको देखिएको छ ।

ओलम्पिक आयोजक समितिले भने टोकियोमा पेस गरेको प्रतिवेदनमा केन्द्रिय सरकार सहित स्थानीय निकायको सामुहिक पहलकदमीमा बाँकी सुविधाहरुको निर्माण गरिने प्रस्ताव गरिएको थियो । तर टोकियोको स्थानीय सरकार बाहेकका अन्यले त्यो प्रस्तावलाई मानिरहेका छैनन् ।

उनीहरुका अनुसार आयोजक समितिले सम्पूर्ण विलको बारेमा पहिले निर्णय गरेर नयाँ योजना बनाउनुपर्ने बताएका छन् । ओलम्पिक खेलकुदका लागि बेसबल, सफ्टबल पहिले तय गरिएको स्थानमा खेलाउँदा साँघुरो हुने भएकोले त्यस खेल खेल्ने स्थान फुकुशिमामा सार्न लागिएको पनि जनाईएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?