आवे प्रशासनका लागि निक्कै चुनाैतीपूर्ण बन्न सक्छ २०१७

जापान । एनएचकेका वरिष्ठ राजनितीक समकक्षी मासायो नाकाजिमाले जापानका प्रधानमन्त्री शिन्जो आवेको सम्मुख पाँच वर्षे प्रधानमन्त्री कार्यकालको चुनौतीबारे समिक्षा गरेका छन् । साथै, उनले अावे प्रशासनका लागि २०१७ निक्कै चुनाैतीपूर्ण बन्न सक्ने बताएका छन ।

उनले आवे प्रशासनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ मा पदभार ग्रहण गरे पश्चात जापान र अमेरिकाको द्धिपक्षयि सम्बन्ध सुधार गर्नु निक्कै चुनौतीको विषय बन्ने टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यहि जनवरि २० तारिख देखि अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन । अमेरिका र जापानको सुदृढ सम्बन्ध स्थापित गर्ने प्रक्रियामा पुर्वि तथा दक्षिणी चिन सागरको बढ्दो गतिविधीलाई जापानले कुन रुपमा लिन्छ भन्ने मुद्धा पनि समस्याकै विषय बन्ने उनले बताएका छन् ।

अमेरिका र जापानको सम्बन्धले रुससंगको सम्बन्धमा पर्ने प्रभाव अर्काे चुनैतीको विषय बनेको छ । जापानले उत्तरकोरिया संग परमाणु विकास सम्बन्धी मुद्धा तथा जापानी नागरिकलाई अपहरण गर्नुको औचित्य माथिको छलफललाई कसरि अगाडी बढाउछ भन्ने अर्काे चुनौतीको विषय बनेको उनले बताएका छन ।

जापानका प्रधानमन्त्री आवेले राष्ट्रपति ट्रम्पले पदभार सम्हालेसंगै एक शिखर वैठक राख्ने अपेक्षा गरेका छन । तर ट्रम्पको विदेश निती,सुरुक्षा तथा अर्थव्यवस्थाका नितीहरु आज सम्म पनि अनिश्चित नै रहेका छन ।

राष्ट्रपति ट्रम्पले मुक्त व्यापार सम्झौता तथा प्रशान्त पार साझेदारीको सम्झौताबाट अमेरिकालाई हटाउने घोषणा गरिसकेका छन । नव आगन्तुक राष्ट्रपति ट्रम्पले जापानमा तैनाथ अमेरिकी सेनाको लागि जापानले थप मुल्य चुकाउनु पर्ने बताएका थिए ।

नाकाजिमाले जापान सरकारले पूर्व ओबामा प्रशासनले झैं  ट्रम्प प्रशासन जापानको ओनिकावा प्रान्तस्थित सेन्काकु द्धिपको जापान -अमेरिका सुरक्षा सन्धिको परिधिमा आउने विषयमा पुष्टि गर्छ वा गर्दैन भन्रेबारे सोच्नु पर्ने बताएका छन ।

जापानको नियन्त्रणमा रहेको सो द्धिपमा चिनियाँ जहाज लगातार ३६ औं पटक प्रवेश गरि सकेको छ ।

गत डिसेम्बरमा भएको शिखर वैठकमा प्रधानमन्त्री आवे तथा रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसद्धारा नियन्त्रीत चार द्धिपमाथि संयुक्त आर्थिक गतिविधी संचालन गर्ने विषयमा सहमती गरेका थिए ।

रुसको नियन्त्रणमा रहेको सो चार द्धिपलाई जापानले आफ्नो दावा गर्दै आएको छ । जापान द्धितीय विश्व युद्ध पश्चात रुसले चार द्धिपलाई अनधिकृत रुपमा नियन्त्रणमा राखेको बताउदै आएको छ ।

आवे यस विषयलाई अगाडी बढाउन २०१७ मा रुसी राष्ट्रपति पुटिन संग पुन वार्ता गर्न चाहान्छन । नाकाजिमाले क्षेत्रिय मुद्धामाथि आवे कुन रुपमा शान्ति सन्धिको वार्तालाई अगाडी बढाउछन भन्ने अर्काे जटिल विषय बनेको बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसंगको व्यापार तथा सुरुक्षाको मामिलामा कडा रुप अपनाएको देखिन्छ । नाकाजिमाले यदि आवे प्रशासन ट्रम्प प्रशासन संग सृदृढ सम्बन्ध स्थापित गर्न सफल बनेमा जापान पुर्वी दक्षिणी चिन सागरको चिनीयाँ गतिविधी माथि केहि दबाव बढाउन सक्ने बताएका छन ।

समग्रमा राजनितीक समकक्षी मासायो नाकाजिमाले आवे प्रशासनको लागि २०१७ निक्कै चुनौतीपूर्ण बन्न सक्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?