जापानकाे सुन्दर भविष्यका लागि दृढताका साथ काम गर्ने अावेकाे संकल्प

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले अाफु र अाफ्नाे मन्त्रीमण्डलले २०२० भन्दा अगाडी जापानको सुन्दर भविष्य निर्माणका लागि दृढताका साथ काम गर्ने बताएका छन् ।

आवेले नयाँ वर्ष २०१७ को अवसरमा आफुले बिताएकाे चार वर्षे प्रधानमन्त्री कार्यकालको समिक्षा गरेका थिए ।
उनले दृढ संकल्प तथा अथक प्रयासको साथमा जापानको अर्थव्यवस्थामाथि सकरात्मक परिवर्तन ल्याउन सकिने बताएका छन्।

प्रधानमन्त्री आवेले जो कोहिले पनि सजिलै संग प्रतिभा सजिलै प्रस्फुटन गर्न सकिने समाजको निर्माण गर्न चाहेको बताएका छन् ।

साथै उनले नयाँ वर्षको अवसरमा जापानको आर्थिक वृद्धिका लागि आफु र आफ्नो पार्टी नयाँ मार्गको खोजिमा लाग्ने संकल्प गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?