जापानका प्रख्यात सहरहरुमा यसरी मनाईयो नयाँ वर्ष (भिडियो सहित)

जापान । जापानका विभिन्न प्रख्यात सहरहरुमा हजारौ जापानीहरु भेला भएर अंग्रेजी नयाँ वर्ष २०१७ धुमधाम संग मनाएका छन् ।  टापुको देश भनेर चिनिने जापान दक्षिण एशियाको सुन्दर देश मध्यको एक हो ।

सुर्योदयको देश जापानमा पनि अंग्रेजी नयाँ वर्ष २०१७ लाई स्वागत गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । नयाँ वर्षको उत्सवमा जापानमा पुराना संस्कृतिक झाँकीहरु प्रदशन गरि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

विशेषगरि जापानका प्रख्यात सहरहरु टोकियो, ओसाका तथा योकोहामामा नयाँ वर्ष २०१७ लाई विशेष कार्यक्रम गरि मनाईएको छ ।

डिसेम्बर ३१ को मध्यरातमा जापानमा रहेका सबै बुद्दका मन्दिरहरुमा १०८ पटक घन्टीहरु बजाईएको थियो ।

१०८ पटक मन्दिरमा घन्टी बजाउँदा मानिस भित्र रहेका अवगुणहरु नाश भएर जाने मान्यता बुद्द धर्म मान्ने जापनिहरुमा रहेको छ ।

जापानका विभिन्न सहरहरुमा मनाईएका नयाँ वर्षका प्रस्तुतिहरु यस्ता छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?