जापान । टोकियो महानगरीय सरकारले सन् २०२५ सम्ममा टोकियोको जनसंख्या बढेर १३.९८ मिलियन पुग्ने अनुमान गरेको छ ।

अहिले टोकियोको कुल जनसंख्या १३.५२ मिलियन रहेको छ । तर महानगर सरकारले टोकियो जनसंख्या २०२५ सम्म बढे पनि सन् २०६० सम्ममा घट्ने अनुमान गरेको छ ।
सन् २०१५ मा देखिएको टोकियोको जनसंख्याको दरलाई हेर्दा सन् २०६० मा त्यो संख्या घटेर ११.७३ मिलियन पुग्ने महानगरीय सरकारको अनुमान रहेको छ ।
तत्काल टोकियोको जनसंख्या बढ्नुको कारण भनेको अन्यत्रबाट टोकियो सहरमा यूवाहरु ओईरिनु रहेको जनाईएको छ ।
टोकियोमा बन्न थालेका नयाँ आवासीय क्षेत्रहरुले पनि जनसंख्या बढ्ने स्पष्ट संकेत देखिएको जनाईएको छ ।