अागामी वर्ष देखि जापानी सम्राटले नयाँ वर्षकाे सम्बाेधन नगर्ने

जापान। जापानी सम्राटद्वारा हरेक वर्ष जापानमा नयाँ वर्षको उपलक्ष्यमा हुने सम्बोधन आउने वर्ष देखि नहुने भएको छ । जापानी सम्राटले नयाँ वर्षको उपलक्ष्यमा प्रत्येक वर्ष जनताको लागि लिखित रुपमा सम्बोधन तयार पारि पढ्ने गर्दथे ।

एक पत्रकार सम्मेलन मार्फत जापानी सम्राट अकिहितोको स्वास्थ्य तथा उमेरलाई ध्यानमा राखि उनको बोझ कम गर्ने हेतुले सम्बोधन नगर्ने निर्णय गरिएको छ ।

जापानी राजदरबारले जापानी सम्राट अकिहितोको ८३ औं जन्मदिन पश्चात विभिन्न कार्यक्रमहरु भैरहेकाले उनलार्इ शारिरिक तथा मानसिक रुपमा प्रभाव पर्ने भएकाले यस प्रकारका कामहरु क्रमश घटाउदै लैजाने बताएको छ ।

वृद्धअवस्था तथा नाजुक स्वास्थ्यका कारण आफ्नो राजगद्धी जेष्ठ पुत्रलाई हस्तान्तरण गर्ने ईच्छा प्रकट गरेका सम्राट अकिहितोको मनोकांक्षा पुरा गर्ने हेतुले जापानी संसदमा सो विषयमाथि बहस चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?