गल्कोट समाज जापानको विशेष सांगीतिक धमाकामा भाग लिने कलाकारहरु जापानमा

जापान । गल्कोट समाज जापानले अंग्रेजि नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा भाग लिने कलाकारहरु जापान आइपुगेका छन् ।

नेपालको कुनै विकट वा भूकम्प प्रभावित मध्ये एक स्थानमा विद्यालय भवन निर्माण सँगै गल्कोट गल्कोट क्षेत्रमा पर्यटन प्रवद्धनका लागि काम गर्ने उद्देश्यका साथ विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रमका लागि आमन्त्रित कलाकारहरु जापान आइपुगेको आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन आधुनिक तथा पप गायक शिव परियार, दोहोरी गायिका देवी घर्ती, लोक दोहोरी गायक तथा संगीतकार बसन्त थापा र हास्य कलाकार कमल गाउँले जापान आइपुगेको आयोजकले जानकारी दिएको छ ।

गल्कोट समाज जापानले श्रृंखलाबद्ध सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । जस अन्तरगत पहिलो दिन नागोयामा कार्यक्रम हुने छ । नागोया विमानस्थलमा कलाकारहरुलाई उपाध्यक्षहरु दिपक केसी र नरबहादुर थापाले स्वागत गरेका थिए ।
सांगीतिक कार्यक्रम जापानका प्रमुख ३ शहर नागोया, ओसाका, टोकियोमा हुने छ । नागोयामा ३१ डिसेम्बरका दिन दिउँसो २ बजे देखि ९ बजे सम्म , ओसाकामा जनवरी १ का दिन दिउँसो ३ देखि ९ बजे सम्म र टोकियोमा जनवरी २ का दिन दिउँसो २ देखि ९ बजे सम्म कार्यक्रम आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?