
जापान । योकोहामा प्रहरीले एक अपार्टमेन्टमा प्रवेश गरी लुटपाट गरको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
३३ वर्षीय ती अभियुक्तलाई ३५ लाख येन चोरीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई डिसेम्बर २१ र २२ मा कानागावा वडामा चोरी गरेको आरोप लागेको हो ।
आरोपी सोसी यमासिसाले २८ वर्षीय मालिकको अपार्टमेन्ट धेरैपटक भ्रमण गरेको र त्यहाँ रहेको सम्पत्ती बारे जानकारी लिएको बताएको छ ।