नयाँ वर्षको पूर्व सन्ध्यामा जापानी हवाईउडान तथा रेल सेवामा बढ्यो यात्रुहरुको घुइँचो

जापान । नयाँ वर्ष २०१७ को पूर्व सन्ध्यामा टोकियोबाट छुट्ने आन्तरिक उडान तथा बुलेट ट्रेनमा धेरै भिड देखिन थालेको छ ।

नयाँ वर्षको उत्सव मनाउन मानिसहरु फरक फरक रिसोर्ट तथा आफ्नो घर फर्किन लागेकाले त्यस्तो भिड देखिन गएको जनाईएको छ ।

एक दिन मै टोकियो बाट ओसाका जाने हवाईजाहजको टिकट सबै विक्री भैसकेको छ भने टोकियोको हानेडा एयरपोर्टमा टिकट लिनेहरुको लामो लाईन देखिएको छ ।
ट्रेनको अपरेटरले बताए अनुसार बेलुकाको लागि छुट्ने ट्रेनको टिकट विहानै रिजर्भ भैसकेको छ भने आगामी दिनमा यात्रा गर्नेहरुले पनि पहिले टिकट बुक गर्न थालेका छन् ।

जापानको ट्राफिक सेन्टरले केहि सवारीसाधनहरु २० किमी सम्मको अत्यावश्यक यात्राको लागि तैनाथ राखिएको बताएको छ ।
नयाँ वर्षकै पूर्व सन्ध्याको दिन अर्थात शुक्रवार अरु बेलामा भन्दा धेरै ट्राफिक जाम हुने हुँदा त्यस समयको लागि विशेष सवारी सुविधाको लागि ट्राफिक सेन्टरले तयारी गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?