पूर्वी जापानमा ६.३ रेक्टर स्केलको भूकम्प

 

जापान । पूर्वी जापानमा बुधवार राति ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार भूकम्पका कारण तत्काल सुनामी आउने कुनै सम्भावना नरहेको बताएको छ ।

राति ९:३८ बजे गएको भूकम्पका कारण अहिले सम्म कुनै प्रकारको भौतिक तथा मानवीय क्षति नभएको समाचार स्रोतले बताएको छ ।

मापन केन्द्रका अनुसार १० किमी गहिराईमा उत्तरी इबाराकी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । त्यस भूकम्पको धक्का टोकियो, मियागी, फुकुसिमा, यामागाता, तोचिगी, गुन्मा, साईतामा तथा चिवा लगायत सहरहरुमा महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?