पर्ल हार्वर । अमेरिकी राष्ट्रपति बाराक ओमााबाले जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गर्नु ऐतिहासिक र महत्वपुर्ण भएको बताएका छन् ।

राष्ट्रपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताएका हुन् ।
पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रंमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित भएका थिए । पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलो पटक हो ।
सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको।थियो । प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताएका थिए ।
जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो ।
सो आक्रमणहरुमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ । यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओमाबा हुन् ।