सेयर बजारमा तोसिवाको भाउ घट्यो

जापान । टोकियोमा बजार विस्तार गरे संगै तोसिवा कम्पनीको सेयर भाउमा २० प्रतिशतले गिरावट आएको छ । अमेरिकामा तोसिवाले गरेको न्युक्लिएर व्यापारमा घाटा भएपछिको टोकियोमा पनि सेयर बजारमा गिरावट देखिएको हो ।

पहिले भन्दा तोसिवाको सेयर बजारमा ८० अंकले गिरावट आएको हो । सेयर बजारमा देखिएको तोसिवा कम्पनीको गिरावटको मात्रा यो अत्याधिक हो ।

जापानमा व्यापारको लागि संघर्षरत इलोक्ट्रोनिक कम्पनीका लागि यो गिरावटले धेरै विलियन डलर नोक्सान हुने विश्लेषण गरिएको छ ।

सेयर बजारमा देखिएको गिरावट संगै तोसिवा कम्पनीमा सेयर हालेका व्यक्तिहरुको कम्पनी प्रतिको विश्वास प्रस्ट देखिएको सेयर बजारका जानकारहरुले बताएका छन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?