संसारलाई लोभ्याउने जापानका शैक्षिक विशेषताहरू

जापान। जापान तथा जापानी नागरिकहरू स्वस्थ्य जिवन,शैक्षिक क्षमता तथा नम्र गुणका कारण विश्वभर प्रख्यात छन्। यसका अलवा जापानलार्इ शैक्षिक गुणस्तरकाे क्षेत्रमा पनि विश्वकै नमुना देशको रुपमा चिनिन्छ ।

संसारलाई लोभ्याउने जापानका शैक्षिक विशेषताहरू

१. ज्ञान पुर्व बेहोरा
जापानका बालबालिकालाई कक्षा ४ नपुगुन्जेल सम्म कुनै पनि परिक्षामा सामेल गराइदैन । जापानमा दश वर्ष उमेर सम्मका बलाबालिकामा परिक्षा दिन सक्ने क्षमताको विकास भै नसकेको विश्वास गरिन्छ । तर जापानी विद्यालयमा सो उमेर समुहका बालबालिकालाई प्रकृति,मानिस तथा जनावर माथि आदर गर्न सिकाईन्छ । साथै उनिहरुलाई उदार, दयालु र समानुभूतिशील कसरि बन्न सकिन्छ भन्ने शिक्षा दिईन्छ । साथै बालबालिकाहरुलाई धैर्य, संयम र न्याय जस्ता जिवन उपयोगी ज्ञान दिईन्छ ।

२.अप्रिल फस्टमा नयाँ शैक्षिक वर्षको सुरुवात
प्राय देशहरुमा सेप्टेम्बर वा अक्टोवर महिनामा नयाँ शैक्षिक वर्ष सुरुवात हुने गर्दछ  तर, जापानमा अप्रिल महिनालाई व्यापार तथा शैक्षिक क्षेत्रको नयाँ वर्षको रुपमा लिने गरिन्छ । जापानमा विद्यालय सुरुवात भएको पहिलो दिनमा प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न लैजाने गरिन्छ ।

३.विद्यालयको सफाई विद्यार्थी स्वयमले गर्ने

जापानका अधिकांश विद्यालयहरुमा पाले वा विद्यालयका कक्षाकोठाको सरसफाईको लागि अन्य मानिस राखिदैंन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्वयमले विद्यालयको चर्पी,कक्षाकोठा तथा क्यान्टिन सफा गर्ने गर्दछन । विद्यार्थीहरुलार्इ समुहगत काम गर्ने तथा जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गराउने उदेश्यले यस्तो प्रक्रिया अपनाईने गरिन्छ ।

४.विद्यालयद्धारा मानकी करण मेनुको व्यवस्था
जापानी शैक्षिक प्रणालीले विद्यार्थीेहरुका लागि स्वस्थ्य तथा सन्तुलित भोजनको सुनिश्चिता हुनै पर्ने विषयमा जोड दिएको छ । जापानका विद्यालयहरुमा विद्यार्थीको तह अनुरुपको सन्तुलित तथा स्वस्थ्य खाना,खाजा खुवाईने गरिन्छ । कक्षाकोठामा शिक्षकसंगै बसेर खाना खाने बानिले शिक्षक तथा विद्यार्थीविच पनि सकरात्मक सम्बन्धको विकास गर्ने विश्वास गरिन्छ ।

५.विद्यालय पछिका महत्वपुर्ण कक्षाहरु
जापानमा राम्रो जुनियर उच्चशिक्षाको लागि विद्यालयमा भर्ना हुनु पुर्व विद्यार्थीहरु प्रिपेरेटरी विद्यालयमा भर्ना हुने गर्दछन । साँझमा आफ्नो विद्यालयको पढाई सकिएपछि विद्यार्थीहरु सो कक्षाहरुमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्दछन ।

६.परम्परागत विषयबस्तुका अलवा कविता लेखन र जापानी हस्तलेखनमा जोड दिईने
जापानका विद्यालयहरुमा परम्परागत अध्ययनको अलवा जापानी सुलेखन (सोडो) अर्थात बाँसको छडी र मसिको प्रयोग गरि लेख्न सिकाईने गरिन्छ । यसका साथै उनिहरुलाई परम्परागत कविता लेखन हाईकु लेख्न सिकाईने गरिन्छ । विद्यालयमा विद्यार्थीहरुलार्इ आफ्नो परम्परागत मुल्य र मान्यतालाई आदर गर्न सिकाईनु जापानी शैक्षिक प्रणलीको विशेषता हो ।

७.विद्यालय पोशाकको अनिवार्य प्रयोग
अधिकाश जापानी विद्यालयहरुमा विद्यार्थीहरु विद्यालय पोशाकमै आउनु पर्ने हुन्छ । जापानमा पोशाक नितीको मुख्य उदेश्य विद्यार्थीहरुलाई सामाजिक बाधा हटाउन पर्न प्रेरित गराउनु हो । जापानमा विद्यालय पोशाकले समुदायमा सामुदायिक भावनाको विकास गराउने विश्वास गरिन्छ ।

८.विद्यालयमा विद्यार्थीहरुको उपस्थिती दर ९९.९९ प्रतिशत

जापानका अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिती दर ९९.९९ प्रतिशत हुने गर्दछ । जापानी विद्यालयहरुमा विद्यार्थीको अुनपस्थिती र ढिलोपन जस्ता कुराहरु एकदम कम हुने गर्दछन ।

९.विद्यार्थीहरुको भविष्य निर्धारण गर्ने एक परिक्षण

विद्यालयको अन्तिममा जापानी विद्यार्थीहरुले आफ्नो भविष्य निर्धारण गर्ने एक परिक्षा दिनु पर्ने हुन्छ । जापानमा उच्च विद्यालयको पढाई पछि ७६ प्रतिशत विद्यार्थीहरुले मात्र स्नातक तहको शिक्षालाई निरन्तरता दिने गर्दछन । सो परिक्षामा स्नातक तह अध्ययन गर्न विद्यार्थीले चाहेको कलेजको लागि आवश्यक अङ्क ल्याउनु अनिवार्य रहन्छ । जसले उनिहरुकको भविष्य निर्धारण गर्दछ ।

१०.कलेज जिवन जिवनकाे सबैभन्दा यादगार वर्ष
जापानमा क्याम्पस अध्ययन गर्दाको वर्षलाई जापानी नागरिकहरुले जिवनको सबैभन्दा उत्कृष्ट बर्षको रुपमा लिने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?