टोकियो ओलम्पिक खेलकुदको भौतिक संरचना आफैले बनाउन पाउनुपर्ने स्थानीय सरकारहरुको माग

जापान । क्षेत्रीय तथा नगरका स्थानीय सरकारहरुले सन् २०२० मा टोकियोमा हुने ओलम्पिक तथा प्याराओलम्पिक खेलकुद आफैले संचालन गर्ने चेतावनी दिएका छन् ।

ओलम्पिक खेलकुद आयोजक समिति तथा टोकियो महानगर सरकारलाई सोमवार स्थानीय सरकारका प्रमुखहरुले ओलम्पिक खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माणको लागि नीति परिवर्तन नगरी आफुहरुलाई पनि सहकार्य गर्ने अवसर दिन अनुरोध गरेका हुन् ।

टोकियो नजिकका क्षेत्रीय तथा मुख्य सहरका गरि १० जना स्थानीय सरकारका प्रतिनिधि ओलम्पिक खेलकुद आयोजक समितिका अध्यक्ष योशिरो मोरी तथा टोकियो गभर्नर युरिको कोईकीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पत्र बुझ्दै कोईकीले सन् २०१३ मा पारित नीति नियम अनुसार नै खेलकुदका संरचनाहरु निर्माण गरिने आश्वासन दिएकी छिन् ।

आयोजक समितिलाई चिठी बुझाउन चिवा, कानागावा, मियागी, साईटामा, शिजुओका तथा होकाईडोबाट सरकारी प्रतिनिधिहरु आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?