जापान सरकारको कडा निर्णय, अब रोजगारदाता कम्पनी र अवैध कामदारको विवरण सार्वजनिक गरिने

जापान । जापानको श्रम मन्त्रालयले अधिक कामको लोड तथा अन्य कारणले आत्महत्या गर्ने श्रमीकहरु आत्महत्या रोक्नका लागि प्रयास थालेको हो । सोमबार एक महिला कामदारले आत्महत्या गरेको समाचार आएसँगै श्रम मन्त्रालयले विशेष कदम चाल्ने तयारी गरेको हो ।

सरकारको पछिल्लो प्रयासले जाडो मौसममा श्रमीकहरुले गर्नसक्ने सम्भावित आत्महत्या रोक्नु हो । स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयले सार्वजनिक कम्पनीहरुको नाम र त्यहाँ कार्यरत श्रमीकहरुको नाम संकलनमा लागिरहेको छ ।

त्यसबाट कम्पनीहरुले आफ्ना बैध कामदारहरुको मात्र नाम पठाउने छन् । जुन कम्पनीमा कार्यरत श्रमीकको मृत्यु भएको हो, त्यो कम्पनीले श्रमीकलाई बैधता दिएको छ या छैन मुल्यांकन गरि कम्पनीलाई समेत कारबाहीको तयारी गरिएको छ ।

अबैध कामदारहरुले आत्महत्या गरेमा दुर्घटनाबाट मृत्यु भएको प्रमाण पेश गर्ने गरिएको थियो ।

यस्ता कम्पनीहरुले अवैध कामदारहरुलाई कठिन काममा लामो समयसम्म लगाउने गरेका छन् । सरकारले सन् २०१६ को अन्तिमसम्म दर्ता भएका बैद्य कम्पनीहरुको नाम सार्वजनीक गर्ने छ भने दश वा सो भन्दा बढी कामदार राखेका कम्पनीहरुले सम्पुर्ण विवरण उपलब्ध गराउनेपर्ने छ ।

अहिले धेरै कम्पनीहरुले एक चौथाई अबैध कामदार राख्ने गरेका छन् भने ती कामदारको सुरक्षामा ध्यान दिन सकेको छैन ।
मन्त्रालयले अवैधानीक रुपमा ओभरटाइम गर्ने गरेका त्यस्ता कामदारहरुलाई पनि करको दायरामा ल्याउने प्रयत्न समेत यो सँगसँगै गर्ने छ । सरकारले आगामी मार्चदेखि आप्रवासी कामदार सम्बन्धी नीति परिवर्तनको तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?