प्रधानमन्त्री आवेद्धारा अमेरिकास्थित राष्ट्रिय चिहानको अवलाेकन

जापान । जापानका प्रधानमन्त्री शिंजो अावेले अमेरिकाको प्रशान्त महासागर स्थित हावेइमा रहेको राष्ट्रिय मेमोरियल चिहानको अवलोकन गरेका छन । हाल प्रधानमन्त्री आवे अमेरिकास्थित पार्ल हार्वरको भ्रमणमा रहेका छन ।

प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपति ओवामाकाे साथमा पार्ल हार्वरकाे भ्रमण गरेका थिए ।

जापानले ७५ वर्षअघि(१९४१) दोस्रो विश्व युद्धमा अमेरिकी नौसेनिकको विमान स्थल पार्ल हार्बरमा आक्रमण गरेको थियो ।

दोस्रो विश्व युद्धकाे समयमा प्रशान्त महासागर र भियतनामको युद्धमा मारिएका अमेरिकी सैनिक मध्ये ५० हजार सैनिकलाई सो चिहानमा गाडिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?