जापान । चिनीयाँ गस्तीका तिन जहाजहरु सोमबार सेन्काकु टापुकाे सामुद्रिक बाटो हुदै जापानी भुमिमा प्रवेश गरेका छन ।

चिनीयाँ जहाजहरु साेमबार विहान १०.३० मा सेन्काकु टापु हुदै जापानतर्फ प्रवेश गरेका थिए ।
यो सहित यसै वर्ष चिनियाँ जहाज जापानी भुमिमा प्रवेश गरेको ३६ औं पटक भैसकेको छ ।
जापानी विदेशमन्त्री फुमियो किशिदाले टोकियो स्थित चिनियाँ दुतावासमा सम्पर्क गरि चिनियाँ जहाज जापानी भुमिमा प्रवेश गरेको विषयलाई लिएर विरोध गरेका थिए ।
जापानको नियन्त्रणमा रहेको सेन्काकु टापुहरु चिन तथा ताईवानले दावा गर्दै आईरहेका छन ।