जापान । ईन्डोनेशियाको आचेत प्रान्तस्थित एक संग्राहलयले हिन्द महासागरमा आएको सुनामी कारण प्रभावित बनेको ईन्डोनेशिया तथा जापानको विभिन्न क्षेत्रहरूकाे कलाकृति प्रदर्शन गरेको छ ।

सन् २००६ को डिसेम्बर २६ मा आएको सो सुनामीको कारण करिब २ लाख २० हजार मानिसको मृत्यु भएको थियो ।
प्रदर्शित कलाकृतीमा भने सुनामीका कारण पूर्ण रुपमा प्रभावित बनेका आचेत प्रान्तका बालबालिका तथा जापानका पुर्वाेउत्तर प्रान्तस्थित हिगाशि मात्सुशिमा शहरका बालबालिकाहरूको कलाकृति समावेश गरिएको थियो ।
जापानी कलाकृतीमा भने सन् २०११ मा आएको महाभुकम्प तथा सुनामीको कारण पीडित बनेका बालबालिकाका प्रतिभा समावेश गरिएको थियो ।
समुद्रमा माछा पक्डिदै गरेको आभासा गराउने प्रदर्शित जापानी कलाकृति वास्तवमा जिवित देखिएका थिए ।
त्यस्तै ईन्डोनेशियाका बालबालिकाले भने सुनामीबाट पुर्ण ध्वस्त भएको शहर विकास भए पश्चातकाे भाव झल्कने कलाकृति देखाएका थिए ।