‘युथ फर अल’काे अध्यक्षमा बाबुराम पाैडेल चयन

जापान । ‘युथ फर अल’ द्वारा अाइतबार टाेकियाेमा अायाेजित  तेस्राे साधारण सभामार्फत  २१ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।

बाबुराम पौडेलकाे सभापतित्वमा टोकियोमा आयोजना गरिएको  साधारण सभाले बाबुराम पौडेलकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हो ।

नयाँ कार्यसमितीको उपाध्यक्षमा त्रयमा राजन पन्त, रबिन्द्र अधिकारी र गोकर्ण बर्तौला चुनिएका छन् । त्यस्तै महासचिवमा भने शिशिर न्यौपाने, सचिवमा प्रताप गुरुङ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल तथा सह-कोषाध्यक्षमा दीपा घिमिरे चयन भएका छन् ।

साथै समितीको सदस्यहरूमा नकुल गौतम, सुलोचना मानन्धर, दिनेश मल्ल, प्रज्वल गुवाजु, चिरिञ्जिवी काप्री, राजेन्द्र बस्नेत, राज कार्की, मोहन तिमिल्सिना, चेतन घर्ती मगर, दीपक न्यौपाने, शिवराज पाठक, दीपक पुन र प्रकाश श्रेष्ठ चयन भएका छन ।

 

साधारण सभासंगै आयोजना गरिएको सांस्कृतीक कार्यक्रममा जमुना सनम, सूर्य खड्का, बिनोद भण्डारी, चेतन घर्ती मगर लगायतका कलाकारहरुले आ-आफ्ना साँगीतिक प्रस्तुती दिएका थिए ।

सो समारोहमा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष हवलचन्द्र लामा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही, जाल्टानका अध्यक्ष सुनिल बज्राचार्य तथा एभरेष्ट इन्टर्नेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ लयागतले नयाँ वर्षको अवसरमा शुभकामना दिनुकाे साथै नवगठित कार्यसमितीलाई बधाइ, तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?