राप्रपाको भातृ संगठन ओनो जापानको एकता भेला सम्पन्न

जापान । जापानमा रहेको राप्रपाको प्रवासी संगठन ओनो जापानको एकता भेला सम्पन्न भएको छ । भेला ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पार्टी एकीकरण संगै भएको भेलामा संगठनका उपाध्यक्ष सन्तोष सिलवाल, महासचिव खगेन्द्र चापागाई लगायतले पार्टी एकिकरणको आवश्यकता र उद्देश्यबारे प्रस्ट आफ्नो धारणा व्यक्त गरेका थिए।

जापानको मुराहलमा १ बजे सबै नेपालीहरुलाई उपस्थितिको लागि आह्वान गर्दै भेलाले आगामी ८ तारिख तथा पुष २७ गतेको दिन भेलाले पृथ्वी जयन्ती (एकता दिवस) भव्य रुपमा मनाउने समेत निर्णय गरेको छ ।

भेलाले जापानमा सह–अध्यक्षमा सुशिल जवरालाई सर्वसम्मत चयन गरेको छ  । भेलामा चयन भएसंगै जवराले पार्टीको उद्देश्य, नीतिलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

त्यस्तै विश्व हिन्दुहरुको आस्थाको केन्द्र नेपाल भएकोले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग राप्रपा नेता कलेन्द्र बिक्रम शाहीको रहेको छ ।

ओनो जापानका अध्यक्ष चन्द्र उपाध्यायले देश अहिले इतिहासकै जटिल अवस्थामा पुगेको र राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेकोले देशको विकासको लागि पनि हामी प्रवासीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै भेलाले कान्तोमा बिक्रम क्षेत्री, तोहोकुमा चेत बहादुर शाही र कान्साईमा सौरभ मल्लको संयोजकत्वमा क्षेत्रिय समितिहरु समेत गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?